आजको मौसम : उत्तर–पश्चिमी वायुको प्रभाव

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ पौष ५, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस ५, काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । यसैगरी, महाशाखाले हाल पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु, कुहिरो लागेको छ । साथै, प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्य तया सफा रहेको छ ।
आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस