विश्‍वलाई बचाउने नेतृत्वमा भारत, कोरोनाविरुद्धको करोडौं खोप उत्पादन गर्दै

पुस ७, काठमाडौं । भारतले कोभिड १९ विरुद्धको खोप विकास गर्ने काम गरिरहेको छ । भारतले विकास गरिरहेको खोप अन्तिम चरणकोमा रहेको छ । भारतले विश्वलाई नै बचाउनका लागि करोडौं डोज खोप उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । भारतले आफ्नो मुलुकको स्वास्थ्यका लागि मात्र नभएको विश्वव्यापी स्वस्थताका लागि खोप उत्पादन गर्ने भएको हो । कोरोना महामारीविरुद्धको सामूहिक लडाईंमा भारतले छिमेकी मुलुकहरुसहित विश्वलाई नै खोप उपलब्ध गराउनु आफ्नो दायित्व भएकोसमेत बताएको छ ।

कोरोना महामारीविरुद्धको विश्वव्यापी लडाईंमा भारत विश्वको फार्मेसीको केन्द्र बनिरहेको छ । यसअघि पनि भारतले कोरोनाविरुद्धको उपचारमा प्रभावकारी मानिएको हाइड्रोक्सीक्‍लोरोक्वाइन र रेम्डेसिभिर पनि अमेरिकासहित विश्वका विभिन्‍न मुलुकहरुलाई उपलब्ध गराएको थियो । भारतले विश्वका विभिन्‍न मुलुकहरुलाई अन्य स्वास्थ्य उपकरणहरु पनि सहयोग गरिरहेको छ ।

२८ नोभेम्बरसम्मको तथ्यांक अनुसार भारतमा हरेक १० लाख मानिसहरुमा ६ हजार ७३१ मानिसहरु कोरोना संक्रमित भएका छन् । अमेरिकामा हरेक १० लाखमा ४० हजार मानिसहरु कोरोना संक्रमित भएका छन् । बेलायतमा १० लाख मानिसहरु २३ हजार ३६१ जनामा कोरोना संक्रमण भएको छ भने ब्राजिलमा हरेक १० लाखमा २९ हजार १२९, इटालीमा २५ हजार ४५६ मानिसहरु संक्रमित भएका छन् । भारतको तुलनामा विश्वमा सबैभन्दा बढी प्रभावित मुलुकमा हरेक १० लाखमा ४(५ गुणा बढी संक्रमितहरु रहेका छन् ।

भारतमा हरेक १० लाख ९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हरेक मानिसको जीवन अमूल्य छ । कुनै पनि एकजनाको जीवन गुमाउने कुरा स्वीकार्य हुँदैन । तर, विश्वका मुलुकहरुले कोरोना संक्रमणबाट आफ्ना नागरिकहरुको जीवन जोगाउन कस्तो भूमिका निर्वाह गरिरहेका छन् भन्‍ने कुरा महत्वपूर्ण हुन्छ ।

विश्वमा नै आरटी पीसीआरसँगै र्‍यापिड एन्टिजेन परीक्ष गर्ने भारत पहिलो मुलुक हो । सुरुवातमा र्‍यापिड एन्टिजेन परीक्षण गरेको भन्दै भारतको आलोचना गरिएको थियो । तर, पछि विश्व स्वास्थ्य संगठनले नै र्‍यापिड एन्टिजेन परीक्षणलाई स्वीकार गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चमा पहिलो पटक लकडाउन घोषणा गर्दा देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या ५०० मात्र थियो । प्रधानमन्त्री मोदीले उपयुक्त समयमा लकडाउनको घोषणा गरेका थिए । यदि लकडाउन ढिलो गरिएको भए वास्तवमै त्यो लकडाउनले उपयुक्तरुपमा काम गर्नसक्ने अवस्था हुँदैनथ्यो । अहिलेसम्म मुलुकभरका सम्पूर्ण अस्पतालहरु भरिसकेका हुन्थे । लकडाउनको समयमा १५ हजार ३६२ कोभिड(१९ स्वास्थ्य सुविधाहरु १५ लाख ४० हजार आइसोलेसन बेड, दुई लाख ७० हजार अक्सिजनसहितका बेडहरु र ७८ हजार आईसीयू बेडहरु तयार गरिएका थिए । यही अवधिमा मुलुकभरका विभिन्‍न सरकारी अस्पतालहरुमा ३२ हजार ४०० भेन्टिलेटरहरु वितरण गरिएका थिए ।

भारतको संघीय सरकारले ३ करोड ७० लाख एन९५ मास्क, एक करोड ६० लाख पीपीईहरु विभिन्‍न राज्य सरकारहरुलाई उपलब्ध गराइएको थियो । प्रधानमन्त्री गरिब कल्याण प्याकेजअन्तर्गत सरकारले १७० लाख करोड रुपैयाँ बराबरको खाद्यान्‍न र महिला तथा ज्येष्ठ नागरिकहरुलाई नगद प्रदान गरिएको थियो । करिब ४२ करोड गरिब नागरिकरुले सरकारले उपलब्ध गराएको आर्थिक सहायता प्राप्त गरेका छन् । जसमा ६८ हजार ८२० करोड भारतीय रुपैयाँ खर्च भएको छ । १७ हजार ८९१ करोड रुपैयाँ प्रधानमन्त्री(किसान स्किम अन्तर्गत भारतका ९ करोड किसानहरुलाई उपलब्ध गराइएको थियो । भारत सरकारले कोरोना महामारीका समयमा आफ्नो मुलुकसहित विश्वभर संकट व्यवस्थापका लागि ठूलो पहल गरेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply