कोरोना भाइरसको भयाबह : बेलायतबाट नेपालमा आउन नपाउने

पुस ८, काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो निर्देशन दिएको छ । अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन पाउने छैनन् ।

अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कायमै रहने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार बेलायतमा पछिल्लो समय देखिएको कोरोना भाइरसलाई दृष्टिगत गरी बेलायतबाट हुने उडानमा रोक लागेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply