बिश्वमा कोरोना स्थिती : ७ लाख ७ हजारबढी संक्रमित थपिए, १८ लाख २४ हजारभन्दा धेरैको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १७, शुक्रबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पुस १७, काठमाडौ । गत २४ घण्टाभित्र विश्वमा सात लाख सात हजार ८७६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १२ हजार ८७५ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ३७ लाख ६३ हजार ७८ र मृत्यु हुनेको संख्या १८ लाख २४ हजार २३० पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख पाँच हजार २९८ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण दुई हजार ९७२ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टाभित्र १९ हजार ४६ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप २४४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ५५ हजार ८९२, इटलीमा २३ हजार ४७७, ब्राजिलमा ५६ हजार, जर्मनीमा २३ हजार ३०५, रसियामा २७ हजार ७४७, फ्रान्समा १९ हजार ९२७, कोलम्बियामा १६ हजार ३१४ तथा इरानमा ६ हजार ३९० जना नयाँ संक्रमित थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस