कमल थापा भन्छन्-‘संसद् विघटनले मुलुक थप जटिलतातर्फ फस्यो’

पुस २३, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीहरुको ग्रान्ड डिजाइनअनुसार नेपाललाई धार्मिक र सांस्कृतिक उपनिवेश बनाउन धर्मनिरपेक्षता लादिएको दाबी गरेका छन् । हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले २०६२,०६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै उक्त बाटोबाट मुलुक दुर्घटना हुने बुझेर नै राप्रपा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पारे ।
विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्नचिह्न खडा भएको भन्दै थापाले संसद् विघटनको घटनाबाट मुलुक थप जटिलतातर्फ फसेको बताए ।

यसलाई अवसरका रूपमा सदुपयोग गर्न त्रुटिपूर्ण मार्गचित्र सच्याउने हिम्मत र साहस आवश्यक रेको उनको कथन छ ।

संम्बन्धित समचार

Leave a Reply