काठमाडौको चन्द्रागिरिमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु !

माघ २, काठमाडौं । काठमाडौको चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटा रहेका छन् । उनको ओम समाज अस्पतालमा उपचारको क्रममा मृतयु भएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले जानकारी दिए ।

चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई आज ठक्कर दिएको थियो । उनको उपचारको क्रममा निधन भएपछि मृतकका आफन्तले कंलकी नागढुङ्गा सडकखण्डमा अबरोध गरेका थिए । विवाद बढ्न सक्ने देखिएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सडक खुलाएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् । आफन्तले उपचारमा अस्पतालले लारबाही गरेको भन्दै शवसमेत बुझ्न मानेका थिएनन् । तर, अस्पताल र आफन्तबीच हालै समझदारी भएको कालिमाटीका डीएसपी अपिलराज बोहोराले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply