परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबिच भेटवार्ता

माघ ३, काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई भेटेका छन् । ज्ञवालीले शनिबार सिंहसँग भेटेका हुन् । भेटपछि सिंहले नेपाल र भारतबीच सरकारी र राजनीतिकमात्रै सम्बन्ध नभएको भन्दे आगामी दिनमा आपसी सम्बन्ध थप प्रगाढ बनाउने बताएका छन् । नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध रहेकाले आपसी सहकार्य बढाउने उनको भनाइ छ ।

परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सहभागी हुन भारत गएका ज्ञवाली हिजो बैठकमा सहभागी भएका थिए । कोरोना खोप र नेपाल–भारतबीचको समसामयिक विषयमा उक्त बैठकमा छलफल भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply