नेपाली बजारमा सुनको मूल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ ५, काठमाण्डौ । साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज २ सयले घटेको हो । आइतबार ७ सयले घटेको थियो । गत हप्ता आइतबार सुन २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो । यस्तै बुधबार १ सयले बढेको सुन विहिबार ८ सयले घटेको थियो । शुक्रबार सुन आज ४ सयले बढेको थियो । आज सुन प्रतितोला ९१ हजार ६ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय कायम गरिएको छ । चाँदीको मूल्य भने आज स्थिर छ । आइतबार चाँदी ३० रुपैंयाँले घटेर १ हजार २३० रुपैंयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply