रुसमा विपक्षी नेता नाभाल्नीका तीन हजार भन्दा बढी समर्थक पक्राउ

माघ ११,काठमाडौँ । रुसी प्रहरीले विपक्षी नेता एलेक्सी नाभाल्नीका तीन हजार भन्दा बढि समर्थकलाई पक्राउ गरेको छ ।

विष दिएर हत्या गर्न खोजिएका नाभाल्नी जर्मनीमा उपचार गराएर गएको हप्ता पाँच महिनापछि रुस फर्किएका थिए । रुस आए लगत्तै उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

त्यसको विरोधमा नाभाल्नीका समर्थकहरुले प्रदर्शन गर्दै आएका छन् । प्रहरीले नाभाल्नीको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप गरि तीन हजार भन्दा बढिलाई पक्राउ गरेको अनुगमन कर्ताले बताएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीका दसौँहजार समर्थक प्रदर्शनमा सहभागी भएका थिए । पछिल्लो केही वर्ष यता पुटिन विरुद्ध भएको ठूलो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

मस्कोमा दंगा प्रहरीले प्रदर्शनकारीलाई कुटेको तथा लतार्दै लगेको देखिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply