‘जनताको साथविना पञ्चर्‍यालीको कुनै अर्थ छैन’ : माधव नेपाल

माघ १४, काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली गुटले काठमाडौंमा पञ्चर्‍याली गर्ने तयारी गरिरहेको बताएका छन् । आफ्नो गुटको नेकपा पाँचथरले आयोजना गरेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न फिदिम आएका नेपालले केपी गुटले काठमाडौंमा माघ २३ गते गर्न लागेको प्रदर्शनलाई पञ्चर्‍यालीको संज्ञा दिएका हुन् ।

‘पञ्चायतकालमा पञ्चेले राज्यको स्रोत दोहन गर्दै आफ्नो पक्षमा जनमास देखाउने प्रयत्न गर्थे,’ नेपालले भने, ‘ओली अहिले त्यही बाटोमा छन् । सरकारी ढुकुटिको दुरुपयोग गरेर २३ गते पञ्चर्‍याली गर्ने धाँक दिइरहेका छन् ।’ आफूहरुको विरोध प्रदर्शनमा जनताको बढ्दो सहभागिता देखेर आत्तिएका ओलीले पञ्चर्‍यालीको तयारी गरेको आरोप छ । तर, जनताले साथ नदिएपछि पञ्चर्‍यालीको कुनै अर्थ नहुने उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply