विश्वमा कोरोना संक्रमितको संख्या दस करोड नाघ्यो !

माघ १४, काठमाण्डौ । चीनको वुहानमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको एक वर्षमा विश्वभर यसबाट संक्रमित हुनेको संख्या दस करोड नाघेको छ । बुधबारसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या दस करोड आठ लाख ५३ हजारभन्दा बढी पुगेको छ ।

यो एक वर्षमा विश्वका सक्तिशाली राष्ट्रहरूले समेत कोरोना भाइरस महामारी रोक्न कफ्र्य, यात्रा प्रतिबन्ध, लकडाउन लगायत विभिन्न हतकन्ठा अपनाए । तर कोरोना भाइरस पूर्ण नियन्त्रणमा आउन सकेको छैन । यसका कारण विश्वको अर्थव्यवस्था जिर्ण बनेको छ । जसले विश्वभर गरिबलाई झन् गरिब र अन्य प्रकारका जटिलता थप समस्याग्रस्त बनेको छ । यद्यपि, कतिपय देशका प्रमुखले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चालेका कारण चाडै नै सामान्य अवस्थामा फर्र्किएका छन् भने कयौ देशले महामारीलाई सामान्य रुपमा लिँदा भयावह अवस्था समेत आएको छ । जस्तै अष्टे«लिया, न्यूजिल्याण्ड, चीन जस्ता देशले कोरोना महामारीबाट खासै धेरे मानवीय क्षति व्यहोर्नु परेन तर अमेरिका, ब्राजिल जस्ता देशले महामारीलाई अबमुल्यन गर्दा ठूलो मानवीय क्षति व्यहोर्नु परेको छ ।

विश्वमा २१ लाख ६७ हजार भन्दा बढी मानिसले कोरोना भाइरस संक्रमण कै कारण ज्यान गुमाइ सकेका छन् । सात करोड २८ लाख भन्दाबढी व्यक्ति संक्रमणमुक्त पनि भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply