जनकपुरधामबाट कोरोना विरुद्धको खोप अभियान शुरु

माघ १४, काठमाण्डौ । प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । आज प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खोप लिएर प्रदेशमा खोप अभियानको शुरु गरेका हुन् । मन्त्री यादव यस भन्दा पहिले कोरोना संक्रमित समेत भएका थिए ।

कानुन मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा प्रमोद यादवले कोरोनाविरुद्धको खोप लिएका छन् भने बाँकी स्वास्थ्यकर्मी, सरसफाइकर्मीहरुले खोप लिन शुरु गरेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply