वामदेव गौतमको फरक धारणा : ‘चुनाव हुन्छ भने, दुबै नेकपाका राम्रा उम्मेदवारलाई भोट हाल्छु’

माघ १४, ललितपुर । नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैशाखमा चुनाव भए दुबै नेकपाका राम्रा उम्मेद्वारलाई भोट हाल्ने घोषणा गरेका छन् । बुधबार ललितपुरमा आयोजित पार्टी एकीकरण घोषणा सभामा बोल्दै गौतमले यस्तो घोषणा गरेका छन् ।

गौतमले सरकारको नेतृत्व साँढे दुई वर्ष गर्ने दुई अध्यक्षबीचको सहमति तोडेर अध्यक्ष प्रचण्डले गल्ति गरेको बताए । उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ति गरेको बताए । दुई पार्टीबीच एकीकरण हुँदा दुई अध्यक्ष राख्ने सहमतिनै गलत भएको गौतमले बताए । उनले दुई अध्यक्ष शक्तिकेन्द्र र समूहमा बिभाजन भएको बताए ।

 

 

संम्बन्धित समचार

Leave a Reply