कोरोना खोप लगाउने सरकारी योजना : आगामी १० दिनभित्रमा ४ लाख ३० हजारलाई खोप दिइने

माघ १४, काठमाण्डौ । आजदेखि फ्रन्टलाइनरलाई खोप लगाउन थालिएको छ । देशभरबाट एकैसाथ पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप लगाउन थालिएको हो । आगामी दश दिनभित्र देशभरका चार लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयको योजना छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १० दिनभित्रमा फ्रन्टलाइनर सबैलाई पहिलो डोज खोप दिइने जानकारी दिए । देशभर तीन सय खोप केन्द्रमार्फत् स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायतका फ्रन्टलाइनरलाई खोप दिइने उनको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply