नेपालमा थप १०५ जनामा कोरोना संक्रमण, २ लाख ६६ हजार ३ सय ६ जना घर फर्किए !

माघ १८, काठमाण्डौ । आइतबार नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९५९ पुगेको छ । पछिल्लो २४ घण्टामा २८८ जना निको भएर फर्किएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ । त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंका ६० जना, ललितपुरका ६ जना र भक्तपुरका २ जना छन् । नेपालमा सक्रिय संक्रमितको संख्या २५९४ छ ।

संम्बन्धित समचार

Leave a Reply