एट्लेटिको म्याड्रिडको स्पेनिस ला लिगामा १० अंकको स्पष्ट अग्रता

माघ १९, काठमाण्डौ । यो सिजन उच्च लयमा रहेको एट्लेटिको म्याड्रिडले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदा स्पेनिस ला लिगामा १० अंकको स्पष्ट अग्रता बनाएको छ । आइतबार राति क्याडिजलाई उसकै मैदानमा ४–२ ले हराउदै एट्लेटिकोले बार्सिलोना र रियल म्याड्रिडलाई १० अंकले पछि पारेको हो । २० खेलबाट एट्लेटिकोको ५० अंक पुगेको छ । २१ खेल खेलेको बार्सिलोना र रियलको समान ४० अंक छ । क्याडिज २४ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
क्याडिजको मैदानमा एट्लेटिकोको जितमा लुइस सुआरेजले २ तथा सउल निग्वेज र कोकीले समान १ गोल गरे । घरेलु टोलीका अल्भारो नेग्रेडोले दुवै गोल गरेपनि हार टार्न सकेन ।

 

संम्बन्धित समचार

Leave a Reply