बालबालिका तस्करी दरमा किन बृद्धि हुँदैछ ?

माघ २१, काठमाण्डौ । विश्वभर बालबालिकाको अधिकारका लागि हजारौँ संघसंस्था रहेपनि उनीहरूको अधिकार संरक्षणमा अपेक्षाकृत सुधार ल्याउन नसकिएको बाल अधिकारका लागि कार्यरत राष्ट्रसंघीय निकायले बताएका छन् । वितेको डेढ दशकमा विश्वभर बालबालिका तस्करी गर्ने क्रम तीन गुणाले वृद्धि भएको लागु औषध तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालयद्वारा हालै जारी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राष्ट्रसंघको अध्ययनले सन् २०१८ मा १४८ वटा देशमा बालबालिकाको अवैध ओसारपसारका करिब ५० हजार घटनालाई सार्वजनिक गरेको छ तर वास्तविक सङ्ख्या योभन्दा अझ बढी हुनसक्ने बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply