सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टले ल्यायो आइटीमा नयाँ कोर्स ! के भन्नुहुन्छ निशान्त श्रेष्ठ ? (अन्तर्वाता)

माघ २६ काठमाडौँ । भर्खरै प्लस टु को रिजल्ट निस्किएको छ । धेरै विद्यार्थीहरु के पढ्ने ? कहाँ पढ्ने ? भन्ने अलमलमा पर्नसक्छन् । पछिल्लो समय नेपाल लगायत विश्वभरी नै आइटी टेक्नोलोजीले प्रमुख प्राथामिकता पाइरहेको छ । नेपालमा पनि यो क्षेत्रमा चासो र संलग्नता बढ्दो छ । कलेजहरुमा पनि आइटी सम्बन्धित विषयहरुको पढाई भइरहेका छन् । यसैबीच तिनै बिद्यार्थीको रुची र चाहनालाई आत्मसाथ गर्दै सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट बानेश्वरले पनि मलेसियन विश्वविद्यालय लिम्कोस्विङ विश्वबिद्यालय क्रियटिभ टेक्नोलोजी (Limkokwing University of Creative Technology) बाट स्विकृती लिएर नेपालमै पहिलोपटक टेक्नोलोजी अध्ययनमा नयाँ कोर्स ब्याचलर अफ इन्फमेशन टेक्नोलोजी विथ टेक्नोपिनरशिप (Bachelor of Information Technology with Technopreneurship (Hons) ल्याएको छ । त्यस्तै (Bachelor of Science (Hons) in Information Technology) मा पनि भर्ना सुरु भएको छ । यसै सन्दर्भमा रहेर हामीले सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट अन्तर्गत सो कार्यक्रमका प्रमुख निशान्त श्रेष्ठसंग कुराकानी गरेका छौँ ।

 उनिसंग गरिएको कुराकानीको सार संक्षेप :

सीजी एउटा आफैमा ब्राण्ड रहेको छ । सीजीले पनि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ । पछिल्लो समय आइटी टेक्नोलोजीको माग सबैतिर रहेको छ । यही मागलाई पुरा गर्नको लागी इण्डष्ट्रीमा चाहिने एउटा स्किल्ड प्रोफेसनलको माग रहेको छ । जुन इण्डष्ट्रीमा ग्याप देखिएको छ । त्यो ग्यापलाई कसरी मिट गर्न सकिन्छ भनेर सीजीले दुईवटा आइटी सम्बन्धी विधामा अध्ययन गर्ने व्यवस्था गरेको छ । ब्याचलर अफ इन्फमेशन टेक्नोलोजी विथ टेक्नोपिनरशिप  र ब्याचलर अफ साइन्स अफ इनफमेशन टेक्नोलोजीे गरी दुईवटा कोर्स हामीले ल्याएका छौँ । जसमा एउटालाई चाँही हामीले नितान्त नयाँ र प्रभावकारी कोर्स भनेका छौँ । यो चाँही ब्याचलर अफ इन्फमेशन टेक्नोलोजी विथ टेक्नोपिनरशिप हो । यो कोर्स नितान्त एउटा आइटी कोर्स मात्रै नभएर आइटीलाई बिजनेशसंग लिंक गरिएको छ । भनेपछि नेपालको परिवेशमा पनि के हामीले टेक्नोप्रेनरहरु बनाउन सक्छौँ त ? यही सोचका साथ हामीले यो कोर्स ल्याएका हौँ । यस्तो सम्बन्धित कोर्स छ टेक्नोप्रिनरशिपलाई हामीले अलिकती ब्राण्डिङ गर्न खोजेका हौँ । यो यस्तो कोर्स हो, जसमा चाँही हामीले आइटी मात्र नभइ आइटीसंगै बिजनेश,म्यानेजम्यान्टका ज्ञानहरु पनि प्रदान गरिन्छ । कुनैपनि समस्यालाई टेक्नोलोजी मार्फत समाधान गछौँ र त्यसलाई बिजनेश मोडल दिन सक्छौँ ।

क–कसले पढ्न पाउछन ?

यसमा भर्ना गर्न चाहने  प्लस टु पास गरेका बिद्यार्थीहरु जो चाँही साइन्स, म्यानेजमेन्ट,आर्टस वा कुनैपनि संकायबाट आउन सक्नुहुन्छ । मिनिमम हाम्रो रिक्वाएरमेन्ट भनेको ‘२ सी’ जिपिए अर्थात ४५ प्रतिशत भन्दामाथि  हुनपर्यो । उहाँहरु ‘ए लेभल’बाट पनि आउन सक्नुहुन्छ । त्यतीमात्रै नभई कुनैपनि डिप्प्लोमा अथावा ‘सर्टिफिकेशन’ जसलाई नेपाल सरकारले प्लस टु लेभलको मान्यता दिएको छ । उसले पनि पढ्न पायो । कुनैपनि बिद्यार्थीलाई बन्देज छैन् । यो विषय पढ्ने इच्छाशक्ति चाँही हुनपर्यो । उहाँहरुलाई ग्रुमिङ हामी गछौँ ।

कति बर्षको हुनेछ कोर्स ?

तपाई सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्ट बानेश्वर मिनभवनमा आएर बुझ्न सक्नुहुन्छ । यो कोर्सको अवधी ३ बर्षको हुनेछ ।
अहिले हामीले बिहानको समयमा अध्ययन क्लास चलाउछौँ । यसको कारण के हो भने हामीले खोजेका इण्डष्ट्रीको मान्छेहरु प्लस एकेडेमीका मान्छेहरुद्धारा अनुभव र ज्ञान साट्ने अवसर जुटाउनु हो । बिद्यार्थीहरुमा फ्लेवर आओसकी उनिहरुले प्रोफेसनल व्यक्तित्वबाट पनि ज्ञान पाउछन र एकेडेमिक तरिकाले पनि ज्ञान पाउछन् ।

यसमा बिद्यार्थीहरुले न्युनतम ४ देखि ५ घण्टासम्म कलेजमा बिताउन पर्ने हुन्छ । यसको अर्थ यो होइन की ४–५ घण्टापछि बिद्यार्थी आफ्नो घरमा जाओस । हामी यस्तो वातावरण सिर्जना गछौँ की एकेडेमिक कोर्स गर्दागर्दै बिद्यार्थीले सेल्फ स्किलको पनि प्राक्टिकल्ली अभ्यास गर्न पाओस । हामी त्यस्तो वातावरण दिन्छौँ । जसले गर्दाखेरी किताबी ज्ञानमात्रै नभई प्राक्टिकल्ली ज्ञान पनि लिन सकिन्छ । यसले गर्दा स्किलको कुरा आउछ त्यहाँनेर जस्तै स्किल,नलेज, एटिच्युडका कुराहरु आउछन् । यी सबै कुराहरु हामी समेट्छौँ ।

अध्ययनमा कसरी प्रवेश गर्ने ? सीजी इन्स्टिच्युट अफ म्यानेजमेन्टको के छ व्यवस्था ?

हामी इन्ट्रान्स लिन्छौँ । यो इन्ट्रान्स चाँही सिम्याट स्ट्रक्चरमा नै लिन्छौँ । यो इन्ट्रान्स एक्जाम चाँही १ घण्टाको हुन्छ । जसमा ४० वटा प्रश्नहरु मल्टीपल च्वाइसका क्वइसनहरु हुन्छन् । यो इन्ट्रान्स एक्जाम चाँही कम्प्युटर बेस्डमा हुनेछ । यसको प्रोभिजन कस्तो छ भने हामी एकैदिन इन्ट्रान्स राख्दैनौँ । त्यसमा चाँही हामीसंग कुनैपनि बिद्यार्थी आउनुहुन्छ भने इन्ट्रान्स फ्रि अफ कस्ट हुन्छ । इन्ट्रान्सको पनि हामीसंग क्राइटएरिया छ । जस्तो स्कलरशिपको पनि क्राइटऐरिया छ । किनकी जिपिएले मात्रै नभई हामी अन्तर्वाता पनि गछौँ । हामी उनिहरुको इच्छा शक्ति हेछौँ । उनिहरु के बन्न चाहन्छन् ? आफुलाई ३ बर्षपछि के को रुपमा देख्न चाहन्छन् ? यी कुराहरु हामी हेछौँ । हामी भौतिक उपस्थितीमै उनिहरुको प्रस्तुती हेछौँ । टाढाका बिद्यार्थी जो अहिले काठमाडौँमा छैनन् उनिहरुको लागी अनलाईनबाट इन्ट्रान्स लिन सक्छौँ । उनिहरुको लागी पनि हामीले सोचेका छौँ । तर अहिले हामीले भौतिक उपस्थितीलाई नै जोड दिएका छौँ ।

के छ विभागिय प्रमुखको सन्देश ?

सन्देशमा के भन्छु भने यो समय भनेको अलिकती क्रिटिकल समय हो । यो समयपछि तपाईहरुको जुन लाइफमा ठुलो परिवर्तनको रुपमा लिनपर्ने हुन्छ । त्यसले गर्दा कुनैपनि करियर गोल चुज गर्दै हुनुहुन्छ भने सेल्फ डिसिजन लिनुहोस् । कुनैपनि साथीको भरमा, सुनेको भरमा आफ्नो करिअर दाउमा नहाल्नुहोला । अर्को कुरा भनेको जुन तपाईको भित्री इच्छा छ ,म गर्न सक्छु भन्ने आँट मनमा छ भने त्यो कुरालाई प्राथामिकतामा राखेर अघि बढ्नुस् । उहाँहरुले यति बुझिदिनुपर्यो की आइटी मात्रै होइन् आइटीभित्र पनि धेरै कुराहरु छन् । बुझ्न पर्यो । अध्ययन गर्नुहोला । आफ्नो अन्तिम निर्णय लिदाँ आफुलाई सहज हुने किसिमको निर्णय लिनुहोला । धन्यवाद ।

संम्बन्धित समचार

Leave a Reply