यु–१९ एसिया कपको पहिलो खेलमा नेपालको भिडन्त भारतसँग

असोज १२,काठमाडौँ । बंगलादेशमा आयोजना हुने यु–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

शनिबार (भोलि)देखि सुरु हुने उक्त प्रतियोगितामा टेस्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ ।

गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो ।

त्यतिबेलाको प्रतियोगितामा नेपाल पहिलोपटक सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

गत संस्करणको खेलमा भारत नेपालसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । त्यस्तै, समूह ‘बी’मा श्रीलंका, बंगलादेश, पाकिस्तान र हङकङ छन् ।

एसिया कप हुनुअघि भारतमा भएको एकदिवसीय सिरिजमा नेपाल भारतको ‘ए’ र बी दुबै टोलीसँग पराजित भएको थियो । त्यस्तै, अफगानिस्तानविरुद्धको खेलमा भने नेपाल विजयी भएको थियो ।

त्यसपछि तेस्रो स्थानका लागि भएको भिडन्तमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply