प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

फागुण ७, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहको पार्टी केन्द्रीय कमिटी बैठक बस्दै छ । यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोही समूहको स्थायी समिति बैठक बसेको थियो । सो बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

केन्द्रीय सदस्यलाई शुक्रबार बिहान नागरिकतासहित उपस्थित हुन आग्रह गरिएको थियो। बिहीबार सबै केन्द्रीय सदस्यलाई फोन गरेर शुक्रबार बिहानै पेरिसडाँडामा उपस्थित हुन भनिएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पार्टी अभिलेखको कागजपत्र मिलाउन भन्दै आकस्मिक रुपमा केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलाएका थिए ।

संम्बन्धित समचार

Leave a Reply