एनआईसी एशिया बैंककाे साइबरसोर्स प्रणाली अब आम व्यवसायीहरू माझ

फागुण ९, काठमाण्डौ । एन आई सी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस नामक फिनटेक कम्पनीले आम व्यवसायीहरू माझ पुर्याउने भएको छ । उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालक (पीओएस)_को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात् यस बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्सको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वास यस बैङ्कले लिएको छ ।

यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन् । अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ ।

यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सकिन्छ ।

यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिसा, मास्टरकार्ड, यूनियन पे ललगायतका कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्ने बैंकले जनाएको छ । यसबाट नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित बस्तु तथा सेवाहरूको सर्वसुलभ रुपमा अन्तर्राट्रिय बजारमा बिक्री वितरणमा सहयोग पुगी व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको पनि बैंकले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply