जनतासंग झन नजिकिदै चन्द्रागिरीका मेयर गिरी: सार्वजनिक सेवा प्रवाह व्यवस्थापन शाखा सञ्चालन

फागुन १३,काठमाडौँ । उपत्यकाको स्थानीय तह मध्ये चन्द्रागिरी नगरपालिका जनताको लागी सेवा प्रवाहमा छिटो,छरितो र सहज बनाउनेमा अब्बल स्थानीय तहमा पर्छ । नगरप्रमुख घनश्याम गिरी जनतालाई सेवा दिने कुरामा कहिँकतै कुनै कसर बाँकी राख्न हुन्न भन्ने सोचका साथ सक्रिय छन् । उनले पछिल्लो समय नगरपालिकामा जनताको प्रत्यक्ष गुनासो,सल्लाह,सुझाव सुन्न सार्वजनिक सेवा प्रवाह व्यवस्थापन शाखा सञ्चालनमा ल्याएका छन् ।

चन्द्रागिरी नगरपालिका नगर प्रमुखको सचिवालय अन्तर्गत सार्वजनिक सेवा प्रवाह व्यवस्थापन शाखा सञ्चालन गरिएको छ। स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा (४) देहाय (क) को ११ बमोजिम उक्त शाखा स्थापना भएको हो। नगरपालिका अन्तर्गत कुनै पनि किसिमको गुनासो, समस्या, अनियमितता, सेवा प्रवाहमा ढिला सुस्ती वा अन्य किसिमको जानकारीको लागि नगरवासीलाई सहजीकरण र सहयोग प्रदान गर्न उक्त शाखा सन्चालनमा आएको नगर प्रमुखको सचिवालय प्रमुख भुवन गिरीले अनलाइन केन्द्रलाई जानकारी दिए ।

यस सेवाको लागि सम्पर्क गर्न निम्न तरिकाहरु रहेको छन्

१. टेलिफोन नम्बरहरू: ०१-४३१२७६५ (दिनको ११ बजेदेखि १ बजेसम्म)

०१-४३१०६९० (दिनको ११ बजेदेखि दिनको ३ बजेसम्म)

२. इमेल : [email protected]

३. गुनासो पेटिका: नगरपालिकाको कार्यालयमा रहेको नगरप्रमुखको सचिवालयमा राखिएको गुनासो पेटिका

४. फ़ेसबुक र ट्वीटर : नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालय -चन्द्रागिरी नगरपालिका काठमाडौं

५. हेलो मेयर: नगर प्रमुखसँग प्रत्यक्ष टेलिफोन वार्ता

६. नगरपालिकाको कार्यालयको ‘बी’ ब्लकमा रहेको यस शाखामा प्रत्यक्ष उपस्थिति

संम्बन्धित समचार

Leave a Reply