थाहा नगरपालिकाको सक्रियता : ५ वर्षमा निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत सम्पन्न

फागुण २०, थाहा । मकवानपुरको थाहा नगरपालिकामा गोरखा भूकम्पयता ५ वर्षको अवधिमा निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरणका इञ्जिनीयर परवेज खानका अनुसार नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये ५ हजार १०९ परिवारले तेस्रो किस्ता बापतको अनुदान रकम बुझिसकेका छन् ।

नगरपालिकामा भूकम्पबाट ७ हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेकामा उनीहरूमध्ये ६ हजार ५७१ जनाले पुनर्निर्माणका लागि सम्झौता गरेका थिए । १२ वटा वडा रहेको नगरपालिकामा वडा नम्बर ८ मा सबैभन्दा बढी निजी आवास पुनर्निर्माण भएको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए । सो वडामा ९२ प्रतिशत निजी आवास पुनर्निर्माण सकिएको छ । सबैभन्दा कम मात्रामा निजी आवास पुनर्निर्माणको काम वडा नम्बर ४ मा भएको देखिएको छ ।
सो वडामा ५७ प्रतिशत मात्र निजी आवासको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । थाहा नगरपालिकामा पूर्ण क्षतिको लाभग्राही सूचीमा परेकामध्ये हालसम्म ५२७ भूकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन् । उनीहरूका लागि सम्झौता अवधि समाप्त भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ मकवानपुरले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply