नेपालमा शेयर कारोबारको लागि ब्रोकर आईडी खोल्ने लगानीकर्ताको संख्या कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ फागुन २२, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुण २२, काठमाण्डौ । नेपालमा शेयर कारोबारको लागि  ब्रोकर आईडी खोल्ने लगानीकर्ताको संख्या झन्डै ६ लाख पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार फागुन २० गतेसम्म ब्रोकर एकाउन्ट खोल्नेको संख्या ५ लाख ९४ हजार ८ सय ७९ जना पुगेको छ । जस मध्ये ७४.८६ प्रतिशत अर्थात ४ लाख ४५ हजार ३ सय ५३ जना अनलाइन प्रणालीमा आवद्द रहेको नेप्सेले जनाएको छ । यी मध्ये २ लाख २२ हजार ५ सय ६९ जना सक्रिय रुपमा कारोबार गरिरहेको नेप्सेले जनाएको छ ।

अनलाइनको लागि सबै भन्दा धेरै युजर नेम र पासवर्ड दिनेमा नासा सेक्युरिटिज रहेको छ । नासाले हालसम्म ४१ हजार ९ सय २ जनालाई युजर नेम र पासवर्ड प्रदान गरेको छ  । त्यस्तै १० हजार भन्दा बढी युजर नेम र पासवर्ड दिने ब्रोकरमा सानी सेक्युरिटिज (२७ हजार ६ सय ६९ जना), मिदास (२० हजार ५ सय ३),  आर्यतारा (१९ हजार ८ सय १५ जना, इम्पिरियल (१९ हजार २८ जना), भिजन (१८ हजार ९ सय १४) दिपशिखा (१८ हजार ७ सय ७९ जना), अनलाइन सेक्युरिटिज (१८ हजार ५ सय ५०), लिन्च स्टक (१५ हजार ७  सय ३५ जना), सुन्धारा सेक्युरिटिज (१३ हजार ८९ जना), अकसफोर्ड (११ हजार ७ सय ९२ जना), सिप्रबी (११ हजार ८८), प्रिमियर (१० हजार ८ सय २) र कोहिनुर (१० हजार ३ सय ८२ जना )  रहेका छन्  ।

ताजा अपडेट

खोजी गर्नुहोस