मनमोहन अस्पताल स्वयम्भूमा दुइदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिदै

फागुन २६,काठमाडौँ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भू दुइदिने निशुल्क स्वास्थय शिविर हुने भएको छ । काठमाडौंको विशेषज्ञ चिकित्सकहरुद्वारा फागुन २९ र चैत्र १ गते मृगौला रोग, क्यान्सर रोग, पाठेघर तथा स्तन क्यान्सरसँग सम्बन्धित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने अस्पतालले जनाएको छ ।

सो अवसरमा सम्पुर्ण जनसमुदायहरुमा मौकाको फाईदा उठाई स्वास्थ्य लाभ गर्नु हुन अस्पतालले अनुरोध समेत गरेको छ । मनमोहन अस्पताललले विभिन्न समयमा निशुल्क स्वास्थय शिविर सञ्चालन गर्दै आइरहेको छ । पछिल्लो समय आम नागरिकको उपचार रोजाइमा पर्न सफल सो अस्पताल सहकारीबाट सञ्चालित छ ।

संम्बन्धित समचार

Leave a Reply