महात्मा गान्धीको १५० औँ जन्मजयन्ती मनाईँदै

असोज १६, काठमाडौं । भारतलाई अंग्रेसका शासनबाट मुक्त गराउने महात्मा गान्धीको १५० औँ जन्मजयन्ती मंगलबार भारतसहित विश्वभर रहेका भारतीयले विविध कार्यक्रम गरी मनाउँदै छन् । मोहनदास करमचन्द गान्धी जसलाई स्नेहले बापू पनि भन्ने गरिन्छ ।

उनलाई भारतीयले राष्ट्रपतिका रुपमा सम्मान गर्ने गर्छन् । गान्धी अहिंसा र सत्याग्रहका प्रमुख अभियन्ता मानिन्छन् । अंग्रेसको शासन अन्त्य गराउने महात्मा गान्धीको अहिंसा र सत्याग्रहको जन्म दक्षिण अफ्रिकामा भएको मानिन्छ ।

महात्मा गान्धीले आफ्नो जीवनको २१ वर्ष दक्षिण अफ्रिकामा बिताएका थिए । गान्धी सन् १८९३ मा दक्षिण अफ्रिका गएका थिए र सन् १९१४ मा सधैँका लागि भारत फर्किए । भारत स्वतन्त्रताका पिता महात्मागान्धीको सम्झनामा भारत सरकारले मंगलबार विविध कार्यक्रम गर्दैछ ।

गान्धीको विरासत सम्हाल्दै आएको भारतीय कांग्रेसले पनि विविध कार्यक्रम गर्दैछ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले गान्धी जयन्तीको अवसरमा शुभकामना दिँदै उनको सत्यता र अहिंसाको मुल मर्मलाई जीवित राख्नु पर्ने बताएका छन् ।

सच्चा राष्ट्रवादीले गान्धीको यो विचारको रक्षा गर्नु पर्ने कांग्रेस अध्यक्ष राहुल गान्धीले बताएका छन् ।

संम्बन्धित समचार

Leave a Reply