लगानी कर्तामा नयाँ उमङ्ग : रिभर फल्स पावरको ३४ करोड ३० लाख बराबरको आइपीओ आउँदै

चैत्र १, काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर जारी गर्ने भएको छ । कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आइपीओ निष्काशन सम्बन्धी सम्झौतामा फाल्गुण २५ गते मंगलबार रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन । रिभर फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply