शेयर बजारमा आइपिओ लहर : दुई लघुवित्त कम्पनीको आइपिओ कहिले आउँदैछ ?

चैत्र ३, काठमाण्डौ । नेपाली शेयर बजारमा यतिबेला आइपिओको लहर लागेको छ । हालैमात्र बाँडफाँड सम्पन्न भएका दुइ कम्पनीको आइपिओ नेप्सेमा सूचीकृत हुने क्रममा छन् भने ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड हुने तयारी भैरहेको छ । यही माहोलकै क्रममा फेरी दुइवटा लघुवित्त कम्पनीले आइपिओ जारी गर्ने भएका छन् । मनकामना स्मार्ट लघुवित्त र जीवन विकाश लघुवित्तले आइपिओ जारी गर्ने भएका हुन् ।

मनकामना लघुवित्तले ३ लाख ८९ हजार कित्ता आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ भने जीवन विकाश लघुवित्तले १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ निष्कासनका लागि निवेदन दिएको छ । दुवै कम्पनीको आइपिओ निष्कासन तथा बिक्री वितरणको जिम्मा एनएमबि क्यापिटलले पाएको छ ।

संम्बन्धित समचार

Leave a Reply