नेपालमा थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि !

चैत्र ६, काठमाण्डौ । नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट १२५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२३ जना संक्रमित डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।

देशभरी आज १ हजार १ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply