भारतमा संक्रमण बढेपछि जुलुस, भेला नगर्न सरकारको अनुरोध

चैत्र ९, काठमाडौ । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो ।
भारतमा कोरोना भाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो । छिमेकी देश भारतमा केही हप्तादेखि कोरोना भाइरसको संक्रमण बढेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने बताउएको छ ।

मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजरलगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । यस्तै, सामाजिक भौतिक दूरी प्रयोग गर्न र अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले प्रकाशित गरेका प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply