मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

चैत्र ११, काठमाण्डौ । मकवानपुर उद्योग वाणिज्य संघको चैत्र २१ गते हुने तय भएको ५४ औं वार्षिक सभा र चैत्र २३ गते हुने निर्वाचन स्थगित भएको छ । उद्योग वाणिज्य संघ मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको चैत्र ९ गतेको सुचना र स्वास्थ्य मन्त्रलायले जारी गरेको चैत्र ८ गतेको सूचनाको आधारमा स्थगित गर्नुपरेको बताएको छ ।

सूचनामा कोभिड सङ्क्रमण बढ्ने देखिएकोले सभा, भेला, गोष्ठी र भीडभाड हुने कार्य नगर्न सूचित गरेको जनाउँदै वार्षिक सभा र निर्वाचन अर्र्को सूचना नभएसम्म स्थगित गरिएको उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply