सरकारले हिउँदे अधिवेशन स्थगित गर्ने तयारी

चैत्र १६, काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका बेला सरकारले हिउँदे अधिवेशन स्थगित गर्ने तयारी गरेको छ । प्रधानमन्त्री ओलीले अहिलेको अधिवेशन स्थगित गरी बैशाखमा बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन अबको केही दिनमा फिर्ता लिने बताइरहँदा ओलीले चालु अधिवेशन स्थगित गरेर बजेट अधिवेशनको तयारी गर्ने बालुवाटार निकट स्रोतले जनाएको छ ।

सांसदलाई विधेयकहरु नदिई बन्धक बनाएको भन्ने आरोप लागिरहेका बेला आइतबार प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटघाट भएको थियो । दुवै जनाले सांसदलाई सुचारु गर्ने विषयमा छलफल गरेका थिए । उनीहरुबीच संसद् अधिवेशन स्थगित गरेर बजेट अधिवेशन बोलाउने विषयमा पनि छलफल भएको थियो ।

यसअघि तत्कालीन नेकपा एमाले र माओवादीबीचको पार्टी एकतापछिको पार्टीमा आफू अप्ठ्यारोमा पर्दै जान थालेपछि ओलीले सभामुख सापकोटासँग संवाद र परामर्शबिनै प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गरिदिएका थिए । त्यसपछि नै प्रधानमन्त्री र सभामुखबीच मनमुटाब शुरु भएको थियो । अहिले पनि सभामुखले समय मागेको धेरै दिनपछि मात्रै ओलीले आइतबार समय दिएका थिए ।

संम्बन्धित समचार

Leave a Reply