अजोड इन्स्योरेन्सले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर पनि निष्काशन गर्ने

चैत्र १७, काठमाडौ । केही समयअघि आईपीओ निष्काशन गरेको अजोड इन्स्योरेन्सले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर पनि निष्काशन गर्ने भएको छ । कम्पनीले यो प्रस्ताव आगामी साधारण सभामा लैजादैं छ । साधारण सभाले यो प्रस्ताव पारित गरेपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्तापुँजी रु। १ अर्ब छ । त्योअनुसार कम्पनीले ५० करोड रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नेछ । त्यसपछि कम्पनीको चुक्तापुँजी रु। १ अर्ब ५० करोड पुग्ने छ । कम्पनीले आफ्नो तस्रो साधारण सभा आगमी बैशाख ७ गते बस्दैछ । सोही सभामा यस्तो प्रस्ताव लैजान लागिएको हो । साधारणसभामा सर्वसाधारण समुहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ । साधारणसभा प्रयोजनका लागि चैत २४ गतेदेखि बुक क्लोज हुनेछ ।

 

संम्बन्धित समचार

Leave a Reply