नागढुंगाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जना पक्राउ

चैत्र २२, काठमाण्डौ । काठमाडौंको नागढुंगाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेक पोइन्टबाट दाङ तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशललाई शनिबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । तुलसीपुरबाट काठमाडौं आएको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको बसभित्रको प्यासेजमा टेपले ¥यापिङ गरेको कार्टुन प्रहरीले फेला पारेको थियो ।

संम्बन्धित समचार

Leave a Reply