नेपालमा थप १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, १ सय १७ जना निको भए !

चैत्र २२, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोरोना भाइरस कोभिड- १९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये थप ११७ जनासहित हालसम्म २ लाख ७३ हजार २४० जना निको भएका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमतिको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको मन्त्रालयले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply