चलचित्र निर्जलाले पायो दर्शकको माया ! उपत्यकामा सबै हलमा दर्शक भरिए

असोज १९,काठमाडौँ । निर्माता प्रकाशचन्द्र न्यौपानेको निर्देशनमा बनेको चलचित्र निर्जला आजबाट प्रदर्शनमा आएको छ । देशभर एकल रिलिज हुने अवसर पाएको निर्माण पक्ष पहिलो दिनको दर्शकको माया पाएर उत्साहित बनेको छ । चलचित्र निर्माता नवल खड्का,पत्रकार ऋषि धमला लगायत दर्जनौ कलाकारले निर्माण पक्षसंगै बसेर चलचित्र हेरेका छन ।

चलचित्रमा उठाइएको विषयवस्तु एकदमै स्तरिय र मार्मिक रहेको भन्दै दर्शकहरुले चलचित्रको मुक्तकण्ठले प्रशंसा गरेका छन । पहिलो दिनमै उपत्यकाका सबै हलहरुमा ८० प्रतिशत भन्दा बढी दर्शकको चाप रहेको छ । पहिलो दिनको दर्शकको भिडले आगामी दिनमा चलचित्रले राम्रो व्यापार गर्ने निर्माता न्यौपानेले बताएका छन । दर्शकले एउटा नारीले गरेको संघर्ष र पहिलाको पुस्ताले भोग्नु परेको पिडा र अहिलेको पुस्ताको अवस्थाका बारेमा सुन्दर तरिकाले पस्किएको र निर्जला एउटा ट्याग बनेको बताएका छन ।

अधिकांशले निर्जलाको खुलेर प्रशंसा गरेका छन । देशभरका प्राय टिएनएजरर्सलाई ध्यानमा राख्दै चलचित्र निर्देशन गर्ने निर्दशक राजु गिरी आजबाट प्रदर्शनमा आएको चलचित्र निर्जला एक फरक र ज्ञानबद्र्धक मसला भएको बताउछन । दर्शकको वाहीवाहीबाट अव नयाँ तरिकाले चलचित्र बनाउने गिरीको सोच रहेको बताइएको छ । नायिका शुभेच्छा थापा चलचित्र निर्जला नारी प्रधान चलचित्र भएको बताउँछिन् । चलचित्र निर्जलाले दर्शकको मन जितेको छ । यसको निरन्तरता भने हेर्न बाँकी छ ।

फिल्मले गाउँले परिबेशको कथा भन्छ !

हरेक हप्ता दुईतीन फिल्म रिलिजको घम्साघम्सी हुँदै आएको नेपाली फिल्म उद्योगमा यस हप्ताको शुक्रवार एक मात्र फिल्म रिलिज भएको हो । राजु गिरी निर्देशित फिल्म ‘निर्जला’ यस हप्ताको प्रतिनिधित्व गर्दै शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो ।

फिल्मले गाउँले परिबेशको कथा भन्छ । फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायतको अभिनय छ ।

प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ लाई निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक भन्न चाहन्छन् । फिल्ममा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply