गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग

बैशाख २,पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सांसद गरी २८ जनाले हस्ताक्षर गरेर आज प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

प्रदेश सभा सचिवालयमा नै उनीहरूले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाउन माग गरेका हुन्।

आफूविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री गुरूङले प्रदेश अधिवेशन अन्त्यको सिफारिस गरेका थिए। प्रदेश प्रमुखले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिदिएका थिए।

प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलालाई भेटेर विपक्षी दलका सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गरेका हुन्।

संम्बन्धित समचार

Leave a Reply