बङ्गलादेशी राजदूतावासमा चौथो बङ्गलादेश विकास मेला आयोजना

असोज २०,काठमाडौँ । बितेका दश वर्षमा बङ्गलादेशले गरेको विकास झल्कने गरी यहाँस्थित बङ्गलादेशी राजदूतावासमा चौथो बङ्गलादेश विकास मेला आयोजना गरियो ।

त्यस अवसरमा बङ्गलादेश र नेपालका अधिकारीहरुले बितेका एक दशकमा बङ्गलादेशले आर्थिक एवं सामाजिक क्षेत्रमा हासिल गरेका प्रगतिका साथै अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति गरेको उपलब्धिबारे चर्चा गरे ।

नेपालका लागि बङ्गलोदशका राजदूत मास्फी बिन्टे शाम्सले बङ्गलादेशका राष्ट्रपति बङ्गबन्धुले आफ्नो देशको विकासका निम्ति देखेका सपना उनकी छोरी हसिनाको प्रधानमन्त्रीत्वमा क्रमशः पूरा भइरहेको बताए ।

उनले गरीबी घटाउनु बङ्गलादेश सरकारको पहिलो लक्ष्य भएको जानकारी दिँदै छोरीहरुलाई स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था, लैङ्गिक समानता, ऊर्जा उत्पादन र निर्यात प्रवद्र्धनलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको धारणा व्यक्त गरे ।

भौगोलिक रुपमा देश सानो तर अधिक जनसङ्ख्या भएको बङ्गलादेशको जनसङ्ख्या नियन्त्रणलाई व्यवस्थापन गरिएको भन्दै उनले ऐतिहासिक रुपमा नै समृद्ध बङ्गलादेशलाई आधुनिक युगमा पनि समृद्ध बनाउन वर्तमान नेतृत्वले निरन्तर काम गरिरहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply