निफ्राको खुद नाफा र प्रतिशेयर आम्दानी कति ? [बिस्तृत जानकारीसहित]

बैशाख १६, काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्राले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५८ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवको यसै अवधिमा ५८ करोड २० लाख ७० हजार खुद नाफा कमाएको बैंकको १.२४ प्रतिशतले नाफा बढेको हो । बैंकको वितरणयोग्य नाफा पनि गत आवको यसै अवधिको तुलनामा १.४५ प्रतिशतले बढेको छ ।

यस अवधिमा ४६ करोड ३२ लाख ५६ हजार रुपैयाँ कायम भएको छ । चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको बैंकको ६६.६७ प्रतिशतले पूँजी बढेपछि प्रतिशेयर आम्दानी ५.०२ रुपैयाँमा संकुचित बनेको छ । बैंकले पूँजी वृद्धिको तुलनामा नाफा बढाएपछि प्रतिशेयर आम्दानी १.४५ रुपैयाँले घटेको हो ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन तथा ४९ करोड रुपैयाँ सापटी लिएर गरी २ अर्ब १९ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ९३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ८३ करोड ५५ लाख ३९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply