आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न गृह मन्त्रालयको आग्रह

बैशाख १७, काठमाडौं । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न आम सर्वसाधारणमा आग्रह गरिएको हो ।

कोरोना संक्रमणको गति बढ्दै गएपछि देशभरका ७७ जिल्लामध्ये बिहीबारसम्म १५ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply