भारतमा २४ घण्टाको अवधीमा ३ लाख ६८ हजार संक्रमित थपिए, ३४ सय १७ जनाको मृत्यु !

बैशाख २०, काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ६८ हजार १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा कोभिड–१९ बाट ३४ सय १७ जनाको ज्यान गएको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख १३ हजार ६४२ पुगेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल संक्रमितको संख्या एक करोड ९९ लाख २५ हजार ६०४ तथा ज्यान गुमाउनेको संख्या दुई लाख १८ हजार ९५९ पुगेको छ । अहिलेसम्म १५ करोड ७१ हजार ९८ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । पछिल्ला दिनमा संक्रमित ठूलो मात्रामा थपिँदै जाँदा अस्पतालमा शैय्या तथा भेन्टिलेटर, अक्सिजन र औषधिको अभाव भएको छ ।

संम्बन्धित समचार

Leave a Reply