दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु !

जेठ ४, दैलेख । दैलेखको दुल्लु नगरपालिका–३ स्थित स्याँलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज विहान जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जीपको सडकबाट पाँच सय मिटर तल खस्दा २ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जुम्लाको गुठीचौर गाउँपालिका ४ का ३८ वर्षीय जीप चालक रामहरी न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपाने रहेका छन् । जीपमा २ जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply