ओली सरकारमा नजाने जसपाको घोषणा

जेठ ४, काठमाडौ । जनता समाजवादी पार्टी जसपाले तत्काल सरकारमा नजाने बताएको छ । मंगलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै तत्काल सरकार नजाने घोषणा गरेका हुन् ।

आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने वा राष्ट्रिय सहमतिको सरकार बन्ने भएमा मात्र अघि बढ्ने उनीहरुले बताएका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन। जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ ।’

संम्बन्धित समचार

Leave a Reply