राष्ट्रपतिले दिएको समय सिमा समाप्त : प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी !

जेठ ७, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ५ अनुसारको प्रधानमन्त्री दावी गर्न दिएको समय सकिएको छ । शुक्रवार ५ बजेसम्मको समय दिइएकोमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी पेश गरेका छन् ।

जसपाका सांसदसहित ओलीले १५३ संसदको समर्थन छ भने देउवाले माओवादी, उपेन्द्र यादव पक्ष र माधव नेपाल समूहका सांसद सहित १४९ को दावी पेश गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply