निषेधाज्ञाको अवधिभर आईपीओ निष्कासन नहुँने !

जेठ ८, काठमाडौं । निषेधाज्ञा जारी भएसम्म कुनै पनि आईपीओ नआउने भएका छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै धितोपत्र बोर्डले आईपीओ निष्कासन नगर्ने भएको हो । डिम्याट लिएका मध्ये पनि तर धेरै जनाले मेरो शेयरको सुविधा नलिइएकाले पनि निषेधाज्ञा जारी भएसम्मका लागि आइपीओ निष्कासन गर्न समस्या भएको नेपाल धितोपत्र बोर्डको भनाइ छ ।

सबैले मेरो शेयर लिन नसकेकाले नेपाल धितोपत्र बोर्डले निषेधाज्ञाको समयमा बैंकमा आइभिडभाड हुने भएकाले निषेधाज्ञाभरी आइपीओ निष्कासन अनुमति नदिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना भएकाले मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थनियलाई जारी गरेको आइपीओ पनि बीचैमा रोकिएको जानकारी पनि गिरीले दिए ।

 

संम्बन्धित समचार

Leave a Reply