निर्वाचन अयोगमा नयाँ दल दर्ता ! एमालेमा नयाँ तरङ्ग

जेठ ९,काठमाडौँ । नेकपा एमालेभित्र चरम विवाद बढिरहेको बेला निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ ।  निर्वाचन आयोगमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निवेदन दिएका छन् ।

युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)’ राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

राईले कतिपयले एमालेको माधव नेपाल समुहको निर्देशनमा पार्टी दर्ता गरेको भनेर आशंका गरेपनि आफुले स्वतन्त्र ढंगले गरेको दावी गरे ।

संम्बन्धित समचार

Leave a Reply