बिश्व कोरोना अबस्था : मृत्यु हुनेको संख्या ३५ लाख नाघ्यो, १५ करोड बढी स्वस्थ !

जेठ १३, काठमाण्डौ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २० जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३५ लाख नाघेको हो । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३५ लाख ११ हजार ६०५ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख ६ हजार १४६ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ५४ हजार ६२३ जनाको मृत्यु भएको छ ।

मृतकका आधारमा भारत तेस्रो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ८४२ जनाको मृत्यु भएको छ । त्यहाँ मृतक संख्या ३ लाख १५ हजार २६३ पुगेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply