संसद् विघटन मुद्दा भोलि पनि सुनुवाइ हुने

जेठ १५, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको निवेदनमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’ भोलि आइतबारका लागि राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजालसमा शुक्रबारबाट मुद्दा सुनुवाइ सुरु भएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य छन् ।

दोस्रोपटक गत ७ जेठमा प्रतिनिधि सभा विघटनपछि १ सय ४६ सांसदसहित ३० निवेदन सर्वोच्च अदालतमा छन् । शुक्रबार निवेदकमध्ये अधिवक्ता सन्तोष भण्डारीले सुरुमा बहस गरे । संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्नेमा नलिई सिधै संसद् विघटन गर्नु गैरसंवैधानिक भएको उनको तर्क छ ।

 

संम्बन्धित समचार

Leave a Reply