बिश्व कोरोना अपडेट : विश्वभर ३७ लाख संक्रमितको मृत्यु, १५ करोड ५२ लाख स्वस्थ !

काठमाडौ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ९२५ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख नाघेको हो । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३७ लाख ५ हजार ९४२ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १० हजार ९९३ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६७ हजार ७०६ जनाको मृत्यु भएको छ ।

मृतकका आधारमा भारत तेस्रो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा २८ सय जनाको मृत्यु भएको छ । त्यहाँ मृतक संख्या ३ लाख ३८ हजार १३ पुगेको छ । दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ । भारतमा पहिलो पटक शनिबार ९१८ वैशाखमा० कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या १ लाख ३४ हजार १०५ मा झरेको छ ।

विश्वभर निको हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर संक्रमितभन्दा निको हुने धेरै छन् । २४ घण्टामा ४ लाख ८७ हजार ५९३ जनामा संक्रमण देखिँदा ६ लाख ४१ हजार १२३ जना निको भएका छन् । पछिल्लो विवरण अनुसार विश्वभर निको हुनेको संख्या १५ करोड ५२ लाख ४६ हजार ७८२ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply