किन्ने हैन ? अरुण भ्याली हाइड्रोपावरको ४ लाख ३५ हजार कित्ता सेयर लिलामी खुला !

असार ९, काठमाडौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्ने अन्तिम म्याद असार १६ गते तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुला गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply